64
Shares
वीरगञ्ज, ३ जेठ । राष्ट्रिय वन क्षेत्रभित्र वन्यजन्तुको सिकार गरिरहेका ३ जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ ।
बर्दीबास नगरपालिका वड नं. ११ स्थित ३ किलोमिटर उत्तरतर्फ बनपथ राष्ट्रिय वन क्षेत्र भित्रबाट उनीहरु हतियारसहित पक्राउ परेको हो ।
पक्राउ पर्नेमा सर्लाही इश्वरपुर नगरपालिका वडा न.१२ बस्ने ३५ बर्षिय लाल बहादुर भोलन, ३० बर्षिय प्रेम बहादुर भोलन र ३८ बर्षिय अमिर स्याङतान रहेका छन ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बर्दीबास र खयरमारा प्रहरी चौकीबाट खटिएको प्रहरीले २ थान भरुवा बन्दुक समेत बरामद गरेका हुन् ।
तिनै जनालाई हिरासतमा लिएर कारबाही प्रक्रिया अगाडि बढाइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन