भ्रष्टाचार विरोद्धमा जनमत पार्टीको प्रदर्शन

65 Shares

वीरगञ्ज, ३ बैशाख । भ्रष्टाचार काण्डहरुलाई निष्पक्ष छानबिन गर्न माग गर्दै जनमत पार्टी पर्साले मंगलबार वीरगञ्जमा विरोध प्रदर्शन गरेको छ ।
भ्रष्टाचार विरुद्ध सम्पूर्ण नेपाली एक हौं भन्ने नारा सहित आयोजित विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै जनमत पार्टी पर्साका जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फले भ्रष्टचारीहरुलाई कारवाही हुनुपर्ने माग गरेको हो ।
नारायुक्त प्लेकार्ड बोकी गरिएको विरोध प्रदर्शन कार्यक्रममा सहभागी वक्ताहरुले नक्कली भुटानी शरणार्थी काण्ड छनबिन निश्पक्ष हुनु पर्ने, मधेश सरकारको साईकल घोटाला काण्ड, छोरी बीमा कार्यक्रम, पोखरी सौन्दर्यकरणको नाममा भएको भ्रष्टाचार काण्डहरु सुक्ष्म तरिकाले छानबिन गरि भ्रष्टाचारीहरुलाई कडा कार्वाही गरि सबै सम्पत्ति जफत गर्नुपर्ने माग गरे ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार