कप युनिभर्स प्रतिक्षित फिल्म निर्माणमा

मुम्बई, ३ जेठ । बलिउडमा वाईआरएफ स्पाई युनिभर्स पछि निर्देशक रोहित सेठ्ठीको कप युनिभर्स प्रतिक्षित फिल्म निर्माणमा अग्रस्थानमा पर्छ ।
कप युनिभर्सले अजय देवगनलाई लिएर ‘सिंघम’, ‘रणवीर सिंहलाई लिएर ‘सिम्बा’ र अक्षय कुमारलाई लिएर ‘सूर्यवंशी’ निर्माण गरिसकेको हो ।
फिल्म ‘सर्कस’ को प्रमोसनका समयमा उनले अभिनेत्री दीपिका पादुकोण नयाँ कप युनिर्भसको चरित्रमा देखिने खुलासा गरेका थिए । अब यो फिल्ममा ‘उरी’ अभिनेता विक्की कौशल पनि जोडिने भएका छन् ।
रोहित र विक्की ३ वर्षयता नयाँ फिल्मको लागि छलफलमा छन् । उनीहरुको छलफलले यो वर्ष पूर्णता पाउनेमा दुवै ढुक्क छन् । अहिले रोहित फिल्मको स्क्रिप्टको काम गरिरहेका छन् । ‘सिंघम अगेन’ मा अजय देवगन, करिना कपुर, रणवीर सिंह, अक्षय कुमार र दीपिका पादुकोणको पनि अभिनय रहेका छन् ।