बोर्डले प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव गर्ने

काठमाडौं, ३ जेठ । चलचित्र विकास बोर्डले प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव आयोजना गर्ने भएको छ ।
बोर्डले मंगलबार बसेको बैठकमा आगामी असार १, २ र ३ गते दाङमा बाल चलचित्र महोत्सव गर्ने निर्णय गरेको प्रवक्ता केएल बुढाथोकीले जानकारी दिए ।
उक्त महोत्सवमा बालबालिकासँग सम्बन्धित तथा बालबालिकाले बनाएका लामा तथा छोटा शिक्षामूलक फिल्मको प्रदर्शनी हुनेछ ।
साथै, फिल्म ज्ञान सम्बन्धी हाजिरीजवाफ प्रतियोगिता, पुस्तक प्रदर्शनी एवं फोटो प्रदर्शनी तथा चलचित्र नृत्य प्रतियोगिता समेत हुने बुढाथोकीले बताए ।
महोत्सवमा ‘बालबालिकासँग भुवन केसी’ कार्यक्रम समेत गरिने जनाए ।