गैँडाको खागसहित ३ जनालाई पक्राउ

   ३ जेष्ठ २०८०, बुधबार १५:२०  

चितवन, ३ जेठ । ललितपुर महानगरपालिका वडा नं. ४ स्टिलटावर चोक नजिकबाट २ सय ९७ मिलिग्राम तौल भएको गैँडाको खागसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
चितवनको राप्ती नगरपालिका वडा नं. ५ भवानीपुर घर भई ललितपुर एकान्तकुना बस्ने २८ वर्षीय रोशन घिमिरे, २४ वर्षीय युवराज घिमिरे र धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं. २ घर भई काठमाडौँ नयाँ बजार बस्ने २८ वर्षीय वीरेन्द्र तामाङ पक्राउ परेका छन् ।
चोक नजिक गैँडाको खाग खरिद बिक्री गर्दै गरेको भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई उक्त खागसहित फेला पारी पक्राउ गरेको हो । प्रहरी प्रधान
पक्राउ परेकालाई थप अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय गोदावरी ललिपुर पठाइएको प्रहरीले जनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै