कैलाली कारागारमा रहेका सीताराम चौधरीको ७ बर्षपछि रिहा

कैलाली, ३ जेठ । टीकापुर हत्याकाण्डमा संलग्न भएको भन्दै कैलाली कारागारमा रहेकासीताराम चौधरीको ७ बर्षपछि रिहा भएको छ ।
सर्वोच्च अदालतले सोमबार उनलाई निर्दोष रहेको ठहर गर्दै फैसला गरेपछि चौधरीलाई बुधबार रिहा भएका छन् ।
२०७२ भदौ ७ गते भएको टीकापुर घटनालाई लिएर चौधरीलाई २०७३ वैशाख २७ गते प्रहरीले पक्राउ गरेको थियो ।
सीताराम सँगै गंगाराम चौधरीलाई पनि हिजो सर्वोच्चले निर्दोष ठहर गरेको थियो । उनले ७ वर्ष ६ दिन कारागारमा बसेको गंगाराम भने रिहा भएका छैनन् ।
टीकापुर घटना उनलाई सर्वोच्चले निर्दोष ठहर गरेपछि उनी विरुद्ध अर्को ज्यान सम्बन्धी मुद्दा भएका कारण उनीलाई रिहा नभएको कारागार प्रशासनले जनाए ।