जानकी मन्दिरको मौलिक संरचनालाई ध्वस्त बनाउन

जनकपुरधाम, ३ जेठ । नेपालको प्रमुख धार्मिक पहिचान मध्येका जानकी मन्दिरको मौलिक संरचनालाई ध्वस्त बनाउन थालिएको छ ।
मन्दिरको मूल रंग र आकृतिलाई बिगार्ने काम भइरहेको हो । संघीय संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट ३३ लाखको बजेट रंगरोगनको लागि पठाइएका छन् ।
जेठ मसान्त भित्र रंगरोगनको काम सम्पन्न गर्ने गरी जेठ १ गतेदेखि काम सुरु गर्ने भएका हुन् । रंगरोगन गर्न कार्यरत ३ जना मजदुरले मन्दिरको मूल रंग र आकृतिलाई बिगार्ने काम गरिरहेका छन् ।
मन्दिरमा भइरहेको रंगरोगनबारे अनभिज्ञता प्रकट गर्दै मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले भने, कहाँबाट कसले रंगरोगन कसको स्वीकृतिमा गराइरहेका छन् ? मलाई कुनै जानकारी छैन् ।