पटाका कारखानामा विष्फोट हुँदा ९ जनाको मृत्यु

   ३ जेष्ठ २०८०, बुधबार १६:५५  

बङ्गाल, ३ जेठ । बङ्गालको पश्चिममा मेदिनीपुर जिल्ला स्थित एक पटाका कारखानामा विष्फोट हुँदा ९ जनाको मृत्यु भएको छ ।
हाल सम्म ९जनाको शव भेटिएको तथा गम्भीर घाइते भएका २ जनालाई कोलाकाता अस्ताल पठाइएको पूर्वी मेदिनीपुर प्रहरी कार्यालयका प्रमुख अमरान केले बताए ।
पश्चिम बङ्गाल सरकारको निर्देशनमा अपराध अनुसन्धान विभागले घटनाबारे अनुसन्धान गरिरहेका छन् । राजधानी कोलकाताबाट अनुसन्धान टोली घटना स्थल पुगेको छ ।
सरकारी नीति–नियम विपरीत कारखाना सञ्चालन गरेको अभियोगमा कारखानाका मालिकलाई पक्राउ गर्ने प्रयास भइरहेका छन् ।
प्रति दुःख व्यक्त गर्दै मुख्यमन्त्री ममता बनर्जीले मृतकको परिवारलाई जनही २ लाख ५० हजार र घाइतेलाई १ लाख क्षतिपूर्ति स्वरुप प्रदान गरिने घोषणा गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै