65
Shares
पेरिस, ३ जेठ । भ्रष्टाचारमा दोषी ठहरिएका फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई ३ वर्षको जेल सजाय सुनाइएको छ ।
फ्रान्सको एक पुनरावेदन अदालतले तल्लोको अदालतले गरेको निर्णयलाई सदर गर्दै सार्कोजीलाई काराबासको सजाय सुनाएको हो ।
हतकडी सहित उनलाई अब १ वर्ष निजकै घरमा राखिने छ भने सार्वजनिक पदमा ३ वर्ष सम्म प्रतिबन्ध लगाइएका छन् ।
पूर्वराष्ट्र पति सार्कोजीले आफू विरुद्धको मुद्दालाई आफ्नो पक्षमा पार्न न्यायाधीश तथा आफूमाथि लागेको भ्रष्टाचार अभियोगलाई कमजोर पार्न दबाब र प्रभावको हतियार प्रयोग गरेका थिए ।
पुनरावेदन अदालतको आदेश सुनेर बिना कुनै टिप्पणी ६८ वर्षीय सार्कोजी न्यायालयबाट बाहिरिएका थिए । उनका वकिलहरूले पुनरावेदन अदालतको निर्णय विरुद्ध सर्वोच्च अदालतमा अपील गरिने बताएका हुन् ।