दिल्लीले पञ्जावलाई १५ रनले हरायो

काठमाडौं, ४ जेठ । इन्डियन प्रिमियर लिगमा बुधबार राति भएको खेलमा दिल्ली क्यापिटल्ससे पञ्जाव किंग्सलाई १५ रनले हराएको छ ।
यसअघि प्लेअफ होडबाट बाहिरिसकेको दिल्लीको यो पाँचौ जित रहेको हो । हारपछि पञ्जावको प्लेअफ सम्भावना कठिन बनेका छन् ।
धर्मशालामा भएको खेलमा दिल्लीले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको पञ्जावले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ९८ रन मात्र बनाउन सक्यो ।
लियम लिभिङस्टोनले ९४ रन बनाए पनि पञ्जावलाई जिताउन सकेनन् । अन्तिम बलमा आउट भएका उनले ४८ बल खेल्दै ५ चौका र ९ छक्का प्रहार गरेका थिए । अथर्व टाइडेले रिटायर्ड आउट हुनु अघि ४२ बलमा ५५ रन बनाएका थिए ।