भ्रष्टाचारको विरोधमा राप्रपाले प्रदर्शन गर्ने

काठमाडौँ, ४ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीले भ्रष्टाचारको विरोधमा बिहीबार दिउँसो १ बजे प्रदर्शन गर्ने भएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई कारबाही प्रक्रिया चलिरहेको बेला सो अनुसन्धानलाई प्रभावकारिता बनाउन राप्रपाले आज प्रदर्शन गर्न लागेको हो ।
राप्रपाको उपाध्यक्ष रवीन्द्र मिश्रका अनुसार वसन्तपुरमा आज दिउँसो १ बजे प्रदर्शन गरिनेछ । यसैगरी, निजामती कर्मचारी आबद्ध कुनै पनि सङ्गठन नबनाउने पनि राप्रपाले निर्णय लिएका छन ।