मनास्लु र अन्नपूर्ण क्षेत्रलाई जोडेर नयाँ पदयात्रा मार्ग निर्माण

गोरखा, ४ जेठ । गोरखाको उत्तरी क्षेत्र मनास्लु र अन्नपूर्ण क्षेत्रलाई जोडेर नयाँ पदयात्रा मार्ग निर्माण गरिने भएको छ ।
पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल, गोरखा र लमजुङका ४ स्थानीय तहबीच नयाँ पदयात्रा मार्ग निर्माण गर्ने समझदारी भएको हो ।
लमजुङको दोर्दी गाउँपालिकामा बुधबार भएको छलफलमा गोरखाको अजिरकोट गाउँपालिका र लमजुङका दूधपोखरी, दोर्दी र मस्र्याङ्दी गाउँपालिकालाई जोड्ने गरी ‘बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेल’ निर्माण गर्ने सम्झौता भएका छन् । टानका द्वितीय उपाध्यक्ष धनबहादुर गुरुङले जानकारी दिए ।
सम्झौता पत्रमा टानका अध्यक्ष नीलहरी बाँस्तोला, अजिरकोट गाउँपालिकाका अध्यक्ष दीपक देवकोटा, दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारी, मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ र दूधपोखरी गाउँपालिकाका अध्यक्ष धनप्रसाद गुरुङबीच सम्झौता पत्रमा हस्ताक्षर भएका हुन् ।
सम्झौता अनुसार उक्त पदयात्रा मार्ग निर्माणका लागि प्रत्येक स्थानीय तहले आवश्यक वजेट विनियोजन गर्ने र त्यसको प्राविधिक तथा प्रवद्र्धनात्मक संयोजन टान गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको टानका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सेढाईले जानकारी दिए ।