कोशी प्रदेश खेलकुद बोर्डका सदस्य सचिव बर्खास्त

   ४ जेष्ठ २०८०, बिहीबार १२:१८  

 

विराटनगर, ४ जेठ । कोशी प्रदेश खेलकुद बोर्डका सदस्य सचिव हंसराज वाग्ले बर्खास्त भएको छ ।
मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार सदस्य सचिव वाग्ले बर्खास्तीमा परेको हो । बर्खास्त गर्नु अघि उनलाई २÷२ पटक स्पष्टीकरण सोधिएको थियो ।
कोशी सरकारले गत वैशाख १४ देखि १६ गतेसम्म झापामा आयोजित प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको ब्यानरमा कोशी प्रदेश सरकारको नाम किन लेखिएन ? भन्दै वाग्लेलाई दुई पटक सम्म स्पष्टीकरण सोधिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै