89
Shares
काठमाडौं, ४ जेठ । काठमाडौंका कालिका लघुवित्तले संस्थापक शेयर सर्वसाधारणलाई बिक्री गर्ने भएको छ ।
लघुवित्तका केही संस्थापक शेयर धनीले आफ्नो हिस्साको शेयर बिक्री गर्न चाहेपछि यस अघि कम्पनीले साबिककै शेयर धनीलाई खरिद गर्न सार्वजनिक सूचना जारी गरेको थियो ।
कुनै पनि संस्थापक शेयर धनीले उक्त शेयर खरिद गर्न आवेदन नदिएपछि कम्पनीले बिहीबार व्यक्ति तथा संस्थाहरूको लागि आवेदन माग गरेको हो ।
संस्थापक शेयर धनी रमेश तिवारीले आफ्नो नाममा रहेको ६ हजार ६ सय किक्ता शेयर बिक्री गर्न लागेका छन् । भने कमल प्रसाद भुसाल र मोती प्रसाद पौडेलले पनि ५÷५ हजार कित्ता र अर्का शेयर धनी इन्द्र विक्रम मल्लको नाममा रहेको ३ हजार १ सय कित्ता गरी कुल १९ हजार ७ सय कित्ता शेयर लघुवित्तले बिक्री गर्न लागेका हुन् ।