मौलापर नगरपालिकाको मेयर र प्रभु साह विरुद्ध मौलापुरमा प्रदर्शन

   ८ असार २०७८, मंगलवार १५:५६  

 

रौतहट, ८ असार । रौतहटको मौलापुर नगरपालिकाको मेयर बिरुद्ध मंगलवार मौलापुरमा विभिन्न दलका नेता एवं कार्यकर्ताहरुद्धारा बिरोध प्रर्दशन गरिएको छ ।
मौलापुर नगरपालिकामा ब्यापक आर्थिक अनियमिता भएको आरोप लगाउदै नेपाली काग्रेस, माओवादी केन्द्र, एमाले माधव नेपाल समुह र जसपा उपेन्द्र यादव समुहको स्थानीय नेता एवं कार्यकर्ताहरुले बिरोध प्रर्दशन गरेको हो ।
मेयर रिना कुमारी साहले आफना श्रीमान् प्रभु साहको छत्रछायामा धेरै आर्थिक अनियमितता गरी नगरलाई धेरै हानी पुर्याएका आरोप लगाउदै मेयर साह र उनको श्रीमान विरुद्ध चर्को नारावाजी गर्दै नगरपरिक्रमा गरे ।
स्थानीय तह संचालन भए देखि नै नगरमा व्यापक रुपमा अनियमितता भईरहदा पनि दवंग नेताको आडमा कुनै मानिसहरु बोल्न नसक्ने अवस्थामा आज ठूलो संख्यामा विभिन्न पार्टीका कार्यकर्ता र स्थानीय बासिन्दाहरु श्रीमान श्रीमतीको चर्को विरोध गरेको स्थानीय बासिन्दा सन्तोष साहले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै