नक्कली शरणार्थी प्रकरणमा हज समितिका अध्यक्ष मियाँ पक्राउ

काठमाडौँ, ४ जेठ । नक्कली शरणार्थी प्रकरणमा मुछिएका नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेको छ ।
सिंहदरबार परिसरबाट मियाँ पक्राउ परेको गृह मन्त्रालय स्रोतले जानकारी दिए । उनलाई काठमाडौं प्रहरी परिसर लगिएको हो ।
उनले हज समितिको कार्यवाहक अध्यक्षको जिम्मेवारी अर्का व्यक्तिलाई दिने तयारी गरिरहेका बेला बिहान प्रहरीले ऊर्जा मन्त्रालय नजिकबाट पक्राउ गरेका छन् ।
गृह मन्त्रालय अन्तर्गत नेपाल हज समितिका अध्यक्ष मियाँलाई तत्कालीन गृहमन्त्री थापाले २०७७ माघ ७ मा नियुक्त गरेका थिए । थापा हटेपछि गृहमन्त्री बनेका खाणले मियाँको कार्यकाल २ वर्ष थपिदिएका थिए ।
स्रोतका अनुसार नक्कली शरणार्थी बन्ने मानिसको खोजी गर्ने, त्यसको लागि हज समितिको गाडी प्रयोग गर्ने र गिरोहको योजना अनुसार थप काम गर्ने जिम्मा मियाँले लिएका थिए ।