विपदको समयमा मानिसलाई जोगाउन नमूना अभ्यास बरहवा तालमा सम्पन्न

   ४ जेष्ठ २०८०, बिहीबार १४:१७  

रौतहट, ४ जेठ । बाढी, कटान, आगलागि लगायतको विपदको समयमा आम नागरिकलाई उद्धार तथा बचाँउने सम्बन्धमा सशस्त्र प्रहरीद्धारा सदरमुकाम गौरमा अभ्यास गरी परिक्षण गरिए ।
गौर स्थित बराहवा तालको झुलुंगे पुल नजिक दैवि प्रकोप मध्य आगलगी र बाढीको बेलामा कसरी आफु बच्ने र अरुलाई बचाउने तरिकाहरु सशस्त्र प्रहरीका जवानहरुले अभ्यास मुलक कार्यहरु गरेर नमूना प्रदर्शन गरेका हुन् ।
विपद प्रतिकार्य अभ्यासको क्रममा गैस सिलेन्डरमा आगो लाग्दा कसरी निभाउने, गर्मिको बेलामा घर वा गोठमा आगो लग्दा के के समानको प्रयोग गरेर कसरी आगो निभाउने भन्ने अभ्यास नै गरेर आगो प्रभावित क्षेत्रका ब्यतिmहरुलाई जिउज्यान तथा धनमालको सुरक्षा हुने बिधिहरुलाई नमूनाको रुपमा प्रदर्शन गरिएको सशस्त्र प्रहरी बल नेपालको ११ नम्वर गण रौतहटले जनाएका छन् ।
बर्षाको समयमा नदीहरुमा आउने बाढीबाट बाटो बन्द भई आवतजावत ठप्प हुने वेलामा, नदिको तेज बहावमा मान्छेहरुलाई बगाइ रहेको बेला, आगलागिका घटनामा प्रतिकार्य तरिका, पानिमा डुबेका व्यक्तिहरुलाई बचाउने लगायत प्राथमिक उपचारका विधि र उद्धार गरिएका घाईतेहरुलाई सम्बन्धित अस्पताल सम्म सुरक्षित तरिकाले लैजाने शैलिहरुको अभ्यास प्रदर्शन सशस्त्र प्रहरी बल नेपाल ११ नम्वर गणका एसपी माधव रेग्मीले जानकारी दिए ।
लालबकैया, वागमती नदीबाट प्रभावित रहेका पालिकाहरु मध्ये इशनाथ, राजपुर, परोहा, कटहरिया, बौधीमाई, देवाही गोनाही, फतुवा बिजयपुर, राजदेवी, दुर्गा भगवती, माधवनारायण, गढीमाई लगायतका पालिकाहरुको ब्यतिmहरुलाई तालिममा सहभागि भई त्यस्ता शिपहरु सिक्ने मौका उपलब्ध गराइएका थिए ।
बिगतमा बाढी पूर्व सुचना यन्त्र बारा जिल्लाको निजगढमा जडान भइ सकेको र त्यो यन्त्रबाट जिल्लाका दक्षिणी भेगमा अवस्थित सदरमुकाम गौरलाई बाढी आउनुको ३ घण्टा अगाडी नै जिल्ला प्रशासन कार्यालय गौरमा जडान गरिएको साइरन घण्टी बज्ने र सोको ध्वनी एक किलोमिटर सम्म पुग्ने गरिएको बताइएको छ ।
विपद जोखिमबाट जोगिने डेमो (नमूना) परिक्षण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जोखिमको समयमा तालिम प्राप्त सुरक्षाकर्मीहरुको साथै स्थानीयहरु आफना पालिका भित्र आएको विपदको समयमा धर्यताका साथ मानिसलाई जोगाउने सकिने उद्देश्यका साथ यस्ता परिक्षणहरु फलदायी हुने बताए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै