अष्ट्रेलियाली सहायक, विदेशमन्त्री टिम वाट्स र अभिनेत्री मनिषा कोइरालाबीच भेटवर्ता

काठमाडौं, ४ जेठ । नेपाल भ्रमणको सिलसिलामा काठमाडौंमा आइपुगेका अष्ट्रेलियाली सहायक विदेशमन्त्री टिम वाट्स र अभिनेत्री मनिषा कोइरालाबीच भेटवर्ता भएको छ ।
भेटपछि सामाजिक सञ्जालबाट जानकारी दिंदै वाट्सले अनिनेत्री कोइरालालाई व्यक्तिगत रुपमा भेट्न पाउनु आफ्नो सौभाग्य रहेको बताए ।
अष्ट्रेलियाको मेलबर्नमा भइरहने भारतीय फिल्म फेस्टिभलमा आफूले धेरैपटक सहभागी भएको स्मरण गर्दै सहायक विदेशमन्त्री वाट्सले मनिषासँगको तस्वीर सेयर गर्दै लेखेका छन्, ‘म मेलबर्नको भारतीय फिल्म महोत्सवमा धेरै पटक गएको छु ।
यसै सातामा काठमाडौं आइपुगेकी मनिषाले केही दिन अघि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग पनि भेटेकी छिन् ।
कामको कुरा गर्दा मनिषाले हालै सञ्जयलीला भन्सालीको नेटफ्लिक्स सिरिज ‘हीरामण्डी’ मा काम गरिन् भने उनी अभिनित फिल्म ‘शेहजादा’ हलमा रिलिज भएको थियो ।