नेपाल २०२३ का महत्पपुर्ण ६ विधाको प्रतिस्पर्धा

   ४ जेष्ठ २०८०, बिहीबार १४:१९  

 

काठमाडौं, ४ जेठ । बिहीबार एकै दिन मिस नेपाल २०२३ का महत्वपूर्ण ६ विधाको प्रतिस्पर्धा हुँदैछ ।
यी सबै प्रतिस्पर्धा बुढानीलकण्ठ स्थित पार्क भिलेज रिसोर्टमा हुनेछन्, जहाँ २४ जना सेमिफाइन लिस्टलाई क्लोज–क्याम्पमा समेत राखिएको छ ।
द हिडन ट्रेजरका अनुसार मिस इन्टलेक्चुअल, मिस कन्फिडेन्ट, ब्युटी विथ अ पर्पस, फेस अफ द इयर, मिस डीचएआई र मिस फोटोजेनिक विधाका लागि प्रतिस्पर्धा हुँदै छन् ।
यसअघि ३ महत्वपूर्ण विधा मिस पपुलर च्वाइस, ट्यालेन्ट र फिटनेस विधाका प्रतिस्पर्धा भएका छन् । पपुलर च्वाइसको भोटिङ ग्राण्ड फिनालेसम्म कायमै रहनेछ भने यो विधामा विजयी हुने सुन्दरीले सिधै फाइनल प्रवेशको मौका पाउने छिन् ।
आगामी जेठ १३ गते ललितपुरमा फिनाले आयोजना हुँदैछ । सोही फिनालेमा सबटाइटलको विजेता घोषणा गर्ने तयारी रहेका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै