ए डिभिजन लिग फुटवलमा आज तिन खेल हुँदै

   ४ जेष्ठ २०८०, बिहीबार १४:२६  

काठमाडौं, ४ जेठ । शहिद स्मारक ए डिभिजन लिग फुटवलमा बिहीबार तिन खेल हुँदै छ ।
दुई वटा खेल त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा र एक खेल च्यासल मैदान ललितपुरमा हुँदैछ ।
च्यासल मैदानमा हुने खेलमा मनाङ मस्र्याङदी क्लव र संकटा क्लव एक आपसमा भिडने छन् । जुन खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ ।
रंगशालामा हुने पहिलो खेलमा फ्रेन्डस क्लव र मच्छिन्द्र फुटबल क्लव भिडने छन् । जुन खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
रंगशालामा साँझ ६ बजे हुने हुने दोस्रो खेलमा भने न्युरोड टिम र जावालाखेल युवा क्लवबीच प्रतिस्पर्धा हुनेछ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै