चार जना नक्कली प्रहरी पक्राउ

86 Shares

 

 

 

चितवन, ४ जेठ । चितवनमा आफूलाई विशेष प्रहरी भनेर परिचय पत्र देखाउँदै हिँडने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भरतपुर महानगरपालिका वडा नं. ५ का २२ वर्षीय खुमबहादुर थापा, राप्ती नगरपालिका वडा नं. ८ का १९ वर्षीय सच्चीन ज्ञवाली, रत्ननगर नगरपालिका वडा नं. ५ का २३ वर्षीय सञ्जीवकुमार मिश्र र खैरहनी नगरपालिका वडा नं. १३ का २४ वर्षीय सुजन सिलवाल पक्राउ परेका छन् ।
उनीहरुलाई खैरहनी नगरपालिका र भरतपुर महानगरपालिकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
सामाजिक सञ्जालमा कुरा गर्ने तथा व्यवसायीलाई धम्क्याउने गरेको पाइएको उहाँले बताउनुभयो । भरतपुर महानगरपालिका वडन नं. १२ मालपोत चोकको प्रिन्टिङ प्रेसमा कार्यरत थापाले नक्कली विशेष प्रहरीको परिचय पत्र बनाउने गरेको खुलेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार