प्रभु अस्पतालको निशुल्क स्वास्थ्य शिविर सम्पन्न

   ४ जेष्ठ २०८०, बिहीबार १५:२४  

पर्सा, ४ जेठ । पर्साको पोखरिया नगरपालिका वडा नं. ८ मा लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रल सिटी र प्रभु अस्पतालको निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
ग्रामिण भेगका महिलाहरुको स्वास्थ्य परीक्षण सँगै आवश्यक परामर्श तथा औषधी वितरण गर्ने अभिप्रायका साथ शिविरको आयोजना गरिएको हो । सेन्ट्रल सिटीकी अध्यक्ष सलमा खातुनले जानकारी दिइन् ।
खातुनका अनुसार शिविरमा स्वास्थ्यको परीक्षण गराएका ग्रामिण भेगका ५० जना गर्भवती महिलाहरुलाई पोषण सामग्रीसँगै आवश्यक औषधी समेत उपलब्ध गराइएको थियो ।
शिविरमा बरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. लक्ष्मी थापाले गर्भवती महिलाहरुको चेकजाँच गर्नुका साथै निशुल्क रुपमा परामर्श दिएकी थिइन् ।
शिविरमा उद्योगीहरु रमेश अग्रवाल, रामविहारी पाण्डेय, उमेश शर्मा, वडाध्यक्ष किशोरी साह, स्थानीय नेता सुनिल साह, युवा अभियन्ता दिलीपराज कार्की, देवकीनन्दन अग्रवाल लगायतको उपस्थिती रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै