पाईला ठोकर्पा आधारभूत अस्पतालको उद्घाटन

काठमाडौं, ४ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले १÷१ पाईला ठोकर्पा आधारभूत अस्पतालको उद्घाटन गरेको छ ।
सुनकोसी गाँउपालिका र १÷१ पाईला फाउन्डेसनको सहकार्यमा सञ्चालित १÷१ पाईला ठोकर्पा आधारभूत अस्पतालको बिहीबार मन्त्री बस्नेतले उद्घाटन गरेको हो ।
१० श्ययाको लिफ्ट र अक्सिजन प्लाट सहितको यो अस्पताल भौतिक रूपमा सुविधा हरेको १÷१ पाईला ठोकर्पा आधारभूत अस्पतालका अध्यक्ष नेत्र कार्कीले बताए ।
ठोकर्पा अस्पतालले इमर्जेन्सी, एक्से, प्रसुती, आँखा उपचार, दन्त सेवा, फारमेसी लगायतका सेवा दिँदै आएका छन् । यस अस्पतालबाट एसएस एमसी सेवा अन्तरग जेष्ठ नागरिक र ओसीएमसी सेवा अन्तर्गत लैङ्गिक हिंसामा परेका ४ जना महिलाको निःशुल्क उपचार गरेको छ ।