तिब्बत, एजेन्सी । चिनियाँ सरकारले आफना सैन्य शक्तिको आडमा तिब्बती नागरिककोे मौलिक अवस्थालाई हनन गर्दै उनीहरुको कथित रुपमा डिएनए संकलन गरिरहेको गम्भीर आरोप अमेरिकाले लगाएको छ ।
चिनियाँ कम्युनिष्ट शासकहरुको कथित रुपमा षड्यन्त्र गरेर बलपूर्वक तिब्बती नागरिकहरुको डिएनए संकलन गरेर आखिर चीन के गर्न खोजेको भन्दै अमेरिकाले चीन माथि गम्भीर आरोप लगाएको हो ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले चीनले जबरजस्ती तिब्बतीहरूबाट डीएनए सङ्कलन गरेको प्रतिवेदन प्रति चिन्ता व्यक्त गरे । “हामी तिब्बती जनसंख्यालाई नियन्त्रण एवं भविष्यमा गरिने भयानक कार्यको लागि तिब्बती नागरिकहरुको डिएनए संकलन गरेर तिब्बतमा सामूहिक डीएनए संक्रमण फैलाउने आशंकित बन्दै अमेरिकाले चिन्तित छौं,” उनले भने ।
ब्लिन्केनको टिप्पणीको जवाफमा, चीनको विदेश मन्त्रालयका प्रवक्ताले भने “यसको अर्थ सनसनीपूर्ण समाचार वस्तुहरू निर्माण गर्नु मात्रै हो” ।