zoom installation free installation failed error 10003 zoom - installation failed error 10003 zoom zoom app download for pc free latest version zoom installation error code 10003 - zoom installation error code 10003 download zoom us app

खानेपानी मन्त्री झालाई गृह जिल्ला आउदाको स्वागत र पिडा दुवै साथै साथ

   ८ असार २०७८, मंगलवार १६:५६  

रौतहट, ८ असार । खानेपानी मन्त्री अनिलकुमार झालाई गृह जिल्ला रौतहटमा भव्य रुपमा स्वागत गरिएको छ ।
मन्त्री झा खानेपानी मन्त्री बनेपछि पहिलो पटक मंगलवार गृह जिल्ला रौतहट आउने क्रममा चन्द्रपुरमा नेता एवं कार्यकर्ताहरु भव्य रुपमा स्वागत गर्दै जनताहरुद्धारा उनलाई अभिन्नदन गरिएको हो ।
मन्त्री झाको काफिला सदरमुकाम गौर तर्फ लम्कीने क्रममा मध्य भाग गरुडामा जनता समाजवादी पार्टी उपेन्द्र यादव समुहका युवाहरुले कालो झण्डा देखाउदा तिन जनालाई प्रहरीले नियन्त्रणमा लिए । भव्य स्वागतको विचमा कालो झण्डाको विरोध खेप्दै गौर आईपुग्ने क्रममा मन्त्री झालाई विभिन्न चोकमा उपस्थित रहेका जनताहरु, कार्यकर्ताहरुद्धारा स्वागतको अभिव्यक्ति स्वीकादै गौर आईपुगे । विपी चोकमा पनि उनलाई स्वागत गरियो ।
गौर स्थित सिया प्यालेसमा स्वागत कार्यक्रम चलिरहदैको अवस्थामा सर्वोच्च अदालतमा केपी शर्मा ओलीले गरेको मन्त्री परिषद् विस्तारको निर्णय विरुद्ध प्रधानन्यायाधिश चोलेन्द्र शम्शेर जवरा र न्यायाधिश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलाशले जेठ २१ गते विस्तार गरिएको मन्त्री परिषद्को निर्णयलाई बदर गरिदिएको छ । एका तर्फ मन्त्रीलाई स्वागत अर्को तर्फ पद गुम्दाको पिडा यो सवै अदुरदर्शिता राजनितिको कारण केही दिनको लागि मन्त्री बन्ने मात्रै भएको बुझिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै