अष्ट्रेलियामा चिनियाँ विद्यार्थीहरुले पैसा दिएर आफूलाई अपहरण गराउँछन्–रिपोर्ट

सिडनी, एजेन्सी । अष्ट्रेलियामा बसोबास गर्ने चिनियाँ विद्यार्थीहरु आफुलाई अपहरण गराएर लुकेर बस्ने गरेको रहस्य खुलेको छ ।
अस्ट्रेलियामा बसोबास गर्ने चिनियाँ विद्यार्थीहरुबाट पैसा असुल्न ठगहरुले उनीहरु आफैले आफैलाई अपहरण गर्न बाध्य पारिरहेको खुलेको हो ।
पछिल्लो एक महिनामा चारवटा यस्ता घटना सार्वजनिक भएपछि उक्त रहस्य माथिबाट पर्दा हटेका छन् ।
सञ्चारमाध्यमका अनुसार आफूलाई चिनियाँ अधिकारीको रूपमा प्रस्तुत गर्ने ठगहरूले चिनियाँ विद्यार्थीहरूलाई धम्की दिएर आफैलाई अपहरण गर्न बाध्य पारेर लाखौं अष्ट्रेलियाली डलर फिरौतीको रूपमा लिएको बताइएको छ ।
चिनियाँ विद्यार्थीहरुको उमेर १७ देखि २३ वर्षको बीचमा रहेको बताइएको छ । उनीहरूले हालसम्म चिनियाँहरु सँग सात लाख डलर अर्थात् १० करोडभन्दा बढी रकम असुलिसकेको बताइएको छ ।
अपराधीहरूले प्रायः आफू चिनियाँ दूतावास वा पुलिस भएको दाबी गर्छन् । पीडितहरूलाई चीनमा अपराधको आरोप लगाइएको वा तिनीहरूको पहिचान चोरी भएको बताउँछन् । त्यसपछि चिनियाँहरुले पैसा नदिए चीन फिर्ता पठाइदिने धम्की दिन्छन् र पैसाको माग गर्छन् । कतिपय अवस्थामा, पीडित विद्यार्थीहरूलाई आफ्ना साथीभाइ र आफन्तहरूसँग कुनै सम्पर्क नगर्न भनेर आँखामा पट्टी बाँधेर, बन्धक भएको नाटक गर्दै भिडियो खिच्न भन्छन् । त्यसपछि यस्ता भिडियोहरू प्रयोग गरी फिरौतीको रकम माग्ने गरेको बताइएको छ ।