रौतहट तस्करीको हब बन्दै, एक सातामा झण्डै १८ सय बोरा रासायनिक मलखाद्य बरामद

77 Shares

रौतहट, ५ जेठ । रौतहटको भारत संग जोडिएको सीमा क्षेत्रबाट नेपाल भित्रने रासायनिक मलमा रौतहट प्रहरीको भुमिका माथि यतिखेर प्रश्न चिन्ह खडा हुन थालेको छ ।
भारत संग जोडिएका रौतहटको दक्षिणी सिमा करिव ३२ किलोमिटरको रहेको हो । १० वटा नेपाल प्रहरीको सीमा प्रहरी पोष्ट रहेका छन् भने पाँच वटा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (विओपी) रहेका हुन् तर पनि ठूलो परिमाणमा रासायनिक मलखाद्य सहितका सामानहरु राजस्व छलेर नेपालमा प्रवेश गर्नाले नेपाल प्रहरी र सशस्त्र प्रहरी माथि प्रश्न चिन्ह खडा हुनु स्वभाविक रहेको बौधीमाईका निवासी जयप्रकाश साहले भने ।
प्रहरीको पहिलो भूमिकामा एक युनिटहरु रहेको छ जसले सजिलै आर्थिक साँठगाँठको आधारमा भारतबाट मल तस्करी गर्न दिन्छ । र अर्को युनिट छ जसले तस्करीका सामानहरू पहिला छापा मार्ने अनि भन्सार कार्यालयमा बुझाएर त्यहाँ बाट कमिसन पाउने गर्दछन् । त्यसैले रौतहट प्रहरीको भूमिका माथि अहिले प्रश्न चिन्ह उब्जीदै गएका छन् ।
गत शुक्रबार नेपाल प्रहरी र सशस्त्र प्रहरीले राजपुर नगरपालिका ५ का रुदल साह र कन्हैया साहको घरबाट एक हजार तीन सय छ बोरा रासायनिक मल बरामद गरेको थियो । चार राउन्ड अश्रुग्याँस प्रहार गरेर बरामद गरेको मलको घटना सेलाउन नपाउँदै बिहीबार फेरी प्रहरीले भारी परिमाणमा अवैध तस्करीको मल बरामद गरेको छ ।
भारतबाट अवैध रुपमा तस्करी गरी ल्याएको मल बिहीबार करिब दुई सय सुरक्षाकर्मी परिचालन गरी राजपुर नगरपालिका ६ पानी टंकी चौकस्थित इरफान खानको घरबाट २५३ बोरा र शेख अन्सारुलको घरबाट २१३ बोरा गरी ४६५ बोरा मल बरामद गरेको प्रहरीको रिपोर्टमा उल्लेख गरिएको छ ।
विभिन्न नाकाबाट तस्करीको माध्यमले ल्याएर राखेको अवैध भारतीय मललाई नियन्त्रणमा लिन प्रहरीले बिहीबार दिउँसो करिब २ बजेतिर आशंका गरिएको ठाउँमा छापा मारेको थियो । बरामद गरेर ल्याएको सो मल प्रहरीले गौर भन्सार कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
एक साता भित्रमा दुई पटक छापामारी गरेर ठूलो परिमाणमा मलखाद्य प्रहरीले नियन्त्रणमा लिनुबाट पुष्टि गरिदिएको छ कि रौतहट तस्करीको हव बन्दै गएका छन् ।
तस्करहरूले अवैध रूपमा ल्याएर भण्डारण गरेको मलखाद्यलाई व्यवस्थापन गरिरहेको तस्कर स्रोतको भनाइ छ । तस्करहरूले एक ठाउँमा बढी मल नराख्ने गरी व्यवस्थापन गरिरहेको र गोदाम भन्दा बाक्लो बस्तीको घरमा मलखाद्य लुकाउन थालेको स्रोतको दाबी छ ।
सीमा प्रहरीको मिलेमतोमा रौतहटको नरकटिया, रामपुरखाप, जयनगर, बंकुल, कोपवा नाका हुँदै रासायनिक मलको व्यापक तस्करी भइरहेको पाइएको छ । सर्वसाधारण किसानले आफ्नो खेतमा हाल्नको लागि मलखाद्य ल्याउँदा सशस्त्र प्रहरी र नेपाल प्रहरीले दुःख दिने गरेको तर तस्करहरूले एउटै मोटरसाइकलमा ६ बोरासम्म लोड गरी गोदाम सम्म सजिलै संग ल्याएर राख्दा केही नगर्ने स्थानीयहरूको गुनासो छ । उनलेहरुले प्रहरी आफै मोटो रकम लिएर तस्करहरुलाई लाइन दिएको बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।