सर्लाही, ५ जेठ । सर्लाही जिल्लाको चन्द्रनगर गाउँपालिकामा पोखरीमा डुबेरएक बालकको मृत्यु भएको छ ।
चन्द्रनगर गाउँपालिका वडा नम्वर २ बबरगंजको मुसहरी टोलका गणेश महतोको ६
बर्षिय छोरा अनुष महतो शुक्रवार दिउसो पोखरीमा डुबेर मृत्यु भएको हो ।
गर्मीको कारण उक्त टोलको ९÷१० जना बालबालिकाहरु आज दिउसो पोखरीमा नुहाउन गएका थिए, यो बालकपनि उनीहरुकै पछि पछि पोखरीमा पसेपछि डुबेको थियो ।
आज दिउसो ३ बजेतिर अनुष डुबेको खवर गाउँलेले पाएपछि उनीहरु तत्कालै पोखरीमा पुगेर बालकलाई बाहिर निकाल्दा सम्म मृत्यु भईसकेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।
मृतक अनुषका बुबा वैदेशिक रोजगारीमा रहेका र आमा लगायत परिवारका अन्य सदस्यहरु समेत घरबाहिर काममा गएको बेला उनिहरु पोखरीमा पसेका थिए ।
प्रहरीले बालकको शव पोष्टमार्टमका लागि सदरमुकाम मलंगवा स्थित प्रादेशिक अस्पताल पठाएर आवश्यक अनुसन्धान गरिरहेको सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी कैलाश राईले जानकारी दिए ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट