जी–७ शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपतिले प्रधानमन्त्री मोदीलाई अँगालो हाले

टाकियो, एजेन्सी । जापानमा जारी जी–७ शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अँगालो हालेको तस्वीर अहिले व्यापक रुपमा भाइरल बनेका छन् ।
जापानको हिरोसिमा सहरमा भएको जी–७ शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेर अँगालो हालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएका हुन ।
पछिल्लो समयमा भारत र अमेरिका बीचको सम्बन्ध अझै प्रगाढ हुँदै गएको सन्देश दुबै नेताको अँगालो हालेको तस्वीरबाट स्पष्ट रुपमा झल्किएको राजनीतिक विदहरु बताउँछन् ।
जापानी प्रधानमन्त्री फुमियो किशिदाको निमन्त्रणामा भारतीय प्रधानमन्त्री मोदी जापानी राष्ट्रपतिको नेतृत्वमा हुने जी–७ शिखर सम्मेलनमा सहभागी हुन अहिले उहाँ जापान भ्रमणमा रहनु भएको भारतीय समाचारपत्र हिन्दुस्तान टाइम्सले जनाएको छ ।