भारत पाकिस्तानसँग सामान्य र छिमेकी जस्तो सम्बन्ध चाहन्छः प्रधानमन्त्री मोदी

नयाँ दिल्ली, एजेन्सी । भारत आफना छिमेकी देशहरु संग राम्रो सम्बन्धको अपेक्षा गरेको छ त्यसै अनुरुप पाकिस्तान संग पनि सामान्य र छिमेकीको जस्तो सम्बन्ध चाहेको बताए ।
जापानको हिरोसिमामा हुन लागेको जी–७ को शिखर सम्मेलनमा भाग लिन त्यस तर्फ प्रस्थान गर्नु अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले Nikkei Asia संगको एक अन्तर्वार्तामा “भारत पाकिस्तानसँग सामान्य र छिमेकी सम्बन्ध चाहन्छ” भने ।
“यद्यपि, आतंकवाद र शत्रुताबाट मुक्त अनुकूल वातावरण सिर्जना गर्नु उनीहरूलाई जिम्मेवार छ । यस सम्बन्धमा आवश्यक कदम चाल्ने जिम्मेवारी पाकिस्तानको हो,” भारतीय प्रधानमन्त्री मोदीले भन । एएनआई