चन्द्रनगर गाउँपालिकाद्धारा निःशुल्क लोकसेवा तयारी कक्षा

सर्लाही, ६ जेठ । स्थानीय सरकारको प्रत्याभुति गराउन पालिकाको युवायुवतीहरु लोकसेवाको तयारी गर्न सजिलो होस भन्ने उद्देश्यका साथ चन्द्रनगर गाउँपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा संचालनमा ल्याएको छ ।
सर्लाहीको चन्द्रनगर गाउँपालिकामा निःशुल्क लोकसेवा तयारी कक्षा संचालनमा ल्याइएको हो । चन्द्रनगर गाउँपालिकाको आयोजना तथा बाल विकास नेपाल बरहथहवाको सहयोगमा शनिवार देखि निःशुल्क लोकसेवा तयारी कक्षा सुरु भई ४५ दिन अर्थात १ सय ८० पिरियड कक्षा सुरु हुने जनाएको छ ।
गाउँपालिका अध्यक्ष राजकुमार महतोले निःशुल्क लोकसेवा तयारी कक्षाको उद्घाटन गर्दै सबैको पहुँच नभएका व्यक्तिले पनि लोकसेवा आयोगको तयार गरेर सरकारी सेवामा प्रवेश गर्न भएको हुदा सहभागी छात्र तथा छात्रलाई बढी मेहनत गरेमा सम्भव हुने बताए । तपाईं सहभागीले यसमा राम्रो गर्नुभयो भने अगामी आर्थिक बर्षमा शाखा अधिकृतको निःशुल्क लोकसेवा तयारी कक्षा सुरु हुने अध्यक्ष महतोले प्रतिबद्धता जनाए ।
निःशुल्क लोकसेवा तयारी कक्षामा खरिदार र नायव सुब्बाको तयारी हुने चन्द्रनगर गाउँपालिकाका सूचना प्रविध अधिकृत संजय महतोले जानकारी दिए ।