गढीमाई र गौर नगरपालिकाको नगर अधिवेशन सम्पन्न

607 Shares

रौतहट, ९ असार । अगामी आर्थिक बर्षको गरिने विकास निर्माण एवं निति कार्यक्रम सम्बन्धी रौतहटको गढीमाई नगरपालिकाको सातौ नगर सभा बुधबार सम्पन्न भएको छ ।


गढीमाई नगरपालिकाको कार्यालय समनपुरमा सम्पन्न्न सो नगर अगामी आर्थिक बर्ष २०७८÷०७९ को लागि ५० करोड ९८ लाख १५ हजार रकम विनियोजन गरेको हो । नगर सभाले आर्थिक बर्ष ०७८÷०७९ को लागि कुल बजेटको चालु तर्फ २९ करोड ३२ लाख ३८ हजार र पुंजिगत तर्फ २१ करोड ६५ लाख ७७ हजार बिनियोजन गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले जानकार दिए ।
सातौ नगर सभालाई सम्बोधन गर्दै नगरप्रमुख श्यामप्रसाद यादवले स्थानीय सरकार आफैमा एउटा सवल सरकार रहेको हुँदा जनताहरुलाई चाहिने आधारभुत आवश्यक्ता एवं विकासको पूर्वाधारलाई केन्द्रविन्दु बनाएर बाँकी रहेको कार्यहरु आउदो आर्थिक बर्षमा सम्पन्न गर्ने प्रतिबद्धता जनाए ।
सोही अनुरुप निति तथा कार्यक्रमको साथै नगरको हरेक घर एवं व्यक्तिहरु विकासको अनुभुति गराउने खालको योजनाहरु संचालन गरी नगर भित्रका वेरोजगार युवायुवतीहरुलाई सिपमुलक तालिमको प्रवन्ध मिलाई आत्मनिर्भर बनाउदै अघि बढ्ने विश्वास व्यक्त गरे । आन्तरिक आयलाई व्यवस्थित बनाउदै शिक्षा, स्वास्थ्य, खानेपानी सहितको योजनालाई बढि प्राथमिकता दिइएको उनले स्पष्ट पारे ।


यसैगरी गौर नगरपालिकाको आठौं नगर सभा आज सम्पन्न भएको छ । अगामी आर्थिक बर्ष २०७८÷०७९ मा गरिने कार्यहरुको निती तथा कार्यक्रम प्रस्तुत गर्र्नुका साथै ४६ करोड ३४ लाख ५ हजार बराबरको पुंजिगत र चालु खर्चको अनुमानीत बजेट मेयर अजयकुमार गुप्ताले प्रस्तुत गरेका छन् ।


दुई दिन अघि रौतहटको राजदेवी नगरपालिकाको नगर सभा सम्पन्न भएका थिए । छैठो नगरसभामा मेयर धिरेन्द्र सिंहले पुंजिगत र चालु तर्फ गरी ५७ करोडको अनुमानित बजेट प्रस्तुत गर्दै निती तथा कार्यक्रम प्रस्तुत गर्नु भएको निमित्त प्रमुख प्रशासकीय अधिकृतसुबोध साहले जानकारी दिए । सधै भरी विवादित नगरपालिकाको रुपमा रहेका राजदेवी यसपाली सवै भन्दा पहिला नगर अधिवेशन सम्पन्न गरिसकेको उनले बताए । रौतहटमा १६ नगरपालिका र २ गाउपालिका गरी १८ स्थानिय तहहरु रहेका छन । सबै स्थानिय तहहरुले असार १० गतेभित्र नगर सभा सम्पन्न गरिसक्नु पर्ने कानुनी प्रावधान रहेको छ । अहिले सम्म तिन वटा स्थानीय तहले नगर अधिवेशन सम्पन्न गरिसकेको छ भने १५ वटा स्थानीय तह असार १० गते अधिवेशन गर्न गृह कार्यमा जुटेको बताइएको छ ।
नगर अधिवेशन गर्नमा राजदेवी पहिलो, गढीमाई दोश्रो र गौर तेश्रो भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार