पपुवा न्युगिनीका प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्री मोदीको खुट्टा ढोगेर आशिर्वाद मागे

   ८ जेष्ठ २०८०, सोमबार १७:४५  

नयाँ दिल्ली, एएनआई । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आईतवार पपुवा न्युगिनी पुगेपछि त्यहाँका प्रधानमन्त्रीले खुट्टा छोएर आशिर्वाद लिन खोजेको तस्वीरहरु समाजिक संजालमा भइरल बनेका छन् ।
पपुवा न्युगिनीका प्रधानमन्त्री जेम्स मारापेले हिजो पपुवा न्युगिनी पुगेका भारतीय प्रधानमन्त्री मोदीको खुट्टा ढोगेर आशीर्वाद मागेका हुन् । यस्तै एउटा भिडियो समाजिक संजालहरुमा भाइरल भएको छ ।
प्रधानमन्त्री मोदीले मरापेसँग संयुक्त रूपमा मे २२ मा फोरम फर इन्डिया–प्यासिफिक आइल्याण्ड्स कोअपरेसन (एफआईपीआईसी) को तेस्रो शिखर सम्मेलनको आयोजना गर्नेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै