भारतमा हुने विश्वकप क्रिकेट म्याच हेर्न अष्ट्रेलियाको प्रधानमन्त्रीलाई निम्तो दिए–मोदी

नयाँ दिल्ली, एजेन्सी । भारतमा हुने आइसिसि विश्वकप क्रिकेट म्याच हेर्नका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अष्ट्रेलियका प्रधानमन्त्रीलाई निम्तो दिए ।
भारतीय प्रधानमन्त्री मोदीले अस्ट्रेलियाका प्रधानमन्त्रीलाई भारतमा हुने विश्वकप क्रिकेट हेर्न निम्तो दिएका हुन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो अष्ट्रेलियाली समकक्ष एन्थोनी अल्बानीज र सबै अष्ट्रेलियाली क्रिकेट फ्यानहरूलाई यस वर्षको अन्तमा हुने आईसीसी क्रिकेट विश्वकप २०२३ को लागि भारतमा आएर म्याच हेर्न निम्तो दिए ।
“त्यतिबेला तपाईले भारतमा भव्य दिवाली मनाउने पनि हेर्न पाउनुहुनेछ,“ प्रधानमन्त्री मोदीले भने । क्रिकेटले अस्ट्रेलिया र भारतलाई युगौंदेखि जोडेको बताए ।