प्रधानमन्त्री मोदी पुग्नासाथ तिरंगाले जगमगायो सिड्नी स्थित हार्बर, ओपेरा हाउस

   ११ जेष्ठ २०८०, बिहीबार ०८:४६  

सिड्नी, एजेन्सी । भारती प्रधानमन्त्री यतिखेर विश्वभ्रमणको क्रममा अष्ट्रेलियामा हुनुहुन्छ, जहाँ उनको सम्मानमा समकक्षीले भव्य रुपमा स्वागत एवं अतिथि सत्कार गरेर भारत अष्ट्रेलिया बीचको घनिष्ट सम्बन्धलाई प्रगाढ बनाउन लागिएको छ ।
सिड्नी हार्बर, ओपेरा हाउस पीएम मोदीको भ्रमणको क्रममा तिरंगाले उज्यालो ढकमक्क भएको भिडियोहरु यतिखेर भाइरल बनेको हो ।
प्रधानमन्त्री नरेन्द्र मोदीको अष्ट्रेलिया भ्रमणका क्रममा सिड्नी हार्बर र ओपेरा हाउसलाई तिरंगाले झल्काइएको थियो । “ओपेरा हाउसमा भारतीय झण्डा चाहनुको १.४ बिलियन कारणहरू छन…ओपेरा हाउसलाई उज्यालो बनाउने एउटा कुरा यो हो कि यसले हाम्रो छविलाई विश्वमा प्रस्तुत गर्छ,“ अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै