७० बर्षिय तैयबको गोली हानेर हत्या गरेको अबस्थामा शब फेला

   ११ जेष्ठ २०८०, बिहीबार १०:२८  

रौतहट, ११ जेठ । रौतहटको देवाही गोनाही नगरपालिका 1 करुनियाका ७० बर्षिय व्यक्तिको गोली हानेर हत्या गरिएको अबस्थामा शब फेला परेको छ ।
अपरिचित समुहले गोलि हनेर ७० वर्षिय शेख तैयबको हत्या गरिएको अबस्थामा विहिवार विहान शब फेला परेको हो ।
हत्या भएका पारिवारिक श्रोतका अनुसार बुधबार राति १२ बजे सम्म घरमै रहेका तैयबको शब घर भन्दा १ किलोमिटर टाढा भेटिदा शंका उब्जिएको छ । टाउकोमा गोली हानेर हत्या भएपनि प्रहरीले अहिले सम्म केही पुष्टि गरेको छैनन । अनुसन्धान भईरहेको छ प्रहरीले बताए ।
रौतहटमा पछिल्लो समयमा अपराधिक गतिविधिमा वृद्धि हुँदै गएको प्रति सर्वसाधारणले चिन्ता व्यक्त गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै