प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहको कारण कटहरिया नगरपालिका लथालिंग अवस्थामा

   ११ जेष्ठ २०८०, बिहीबार १६:५२  

कटहरिया संवाददाता
रौतहट, ११ जेठ । प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहको कारण कटहरिया नगरपालिका लथालिंग अवस्थामा पुगेको छ ।
कटहरिया नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका साहको मनोमानी रवैयाको कारण तथा नगरप्रमुख अजय प्रकाश संग तालमेल नगरी जथाभावि रुपमा भुक्तानी गरिदा उक्त नगरपालिकामा लथालिंग अवस्थामा पुगेको हो ।
कटहरिया नगरपालिका श्रोतका अनुसार नगरप्रमुखले गर्नुपर्ने कार्यलाई समेत ओभरटेक गरेर आफूखुशी मनपरेको तथा व्यक्तिलाई कार्यादेशको साथै कमसल कामको आधारमा भुक्तानी दिने परिपाटीको कारण उक्त नगरपालिकामा बेथितीको पराकाष्ठा नाघेको छ ।
स्मरणीय छ की, प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका साह लेखा सेक्टरको कर्मचारी रहेको भएपनि उनलाई नै संघिय मामिला मन्त्रालयको अदुरदर्शिताको कारण नै यतिखेर कटहरिया नगरपालिका लथालिंग अवस्थामा पुगेका छन् ।

यस विषयमा प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह बुझ्न खोज्दा उनले फोन रिसिभ गर्नुभएन ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै