महिला आयोगद्धारा गौरमा समाजिक कुरुती विरुद्ध अन्तरक्रिया कार्यक्रम

   ११ जेष्ठ २०८०, बिहीबार १७:२९  

रौतहट, ११ जेठ । राष्ट्रिय महिला आयोगद्धारा रौतहट सदरमुकाम गौरमा विहिवार अन्तरक्रिया कार्यक्रम आयोजना गरियो ।
आयोगद्धारा जिल्ला प्रशासन कार्यालय गौरको सभाकक्षमा “समाजमा विद्यमान हानिकारक अभ्यासहरु दाइजो प्रथा, तिलक, वालविवाह, बोक्सी आरोप” सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा आफनो कार्यपत्र प्रस्तुत गर्दै रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले हाम्रो समाजमा विद्यमान रहेका परम्परागत, कुरुतीहरुलाई निर्मूल पार्न जनचेतना हुनु अति नै आवश्यक रहेको बताए । उनले ऐनकानुन, चुनौती र समाधानको उपाय वारे कार्यपत्र प्रस्तुत गरे ।
उक्त कार्यक्रममा गौर नगरपालिकाको नगरप्रमुख शम्भु साह, दुर्गा भगवती गाउँपालिकाको अध्यक्ष शम्भुकुमार सिंह, मौलापुरको नगरप्रमुख रिनाकुमारी साह, सहित विभिन्न महिला अधिकारकर्मीहरु, समाजसेवीहरु, महिलाहरु लगायतका विभिन्न क्षेत्रका व्यक्तिहरुद्धारा समाजिक कुरुतीहरुलाई निर्मुल पार्नमा सबैको सकारात्मक सहयोग भएमा मात्रै सम्भव रहेको चर्चा गरे ।
महिला आयोगको माननिय सदस्य विद्याकुमारी सिन्हाले दाइजो प्रथा, बालविवाह र घरेलु हिंसाको शिकार बनिरहेको हाम्रो समाजलाई परिवर्तन गरेर राष्ट्रको मुलधारमा समाहित भई उनीहरुलाई हक अधिकारको साथै जागरुक भई आत्मनिर्भर भएमा यसप्रकारका हिंसाहरु आपरुपी समाप्त हुने बताउदै अन्तरक्रिया कार्यक्रममा आएका सबै सहभागीहरु प्रति आभार प्रकट गरिन ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै