लाशको राजनीति गर्दै इशनाथका उपमेयर, पीडित परिवारलाई झन् पीडित बनाउदै

रौतहट, ११ जेठ । रौतहटको इशनाथ नगरपालिकामा हर्ट अटेकबाट मृत्यु भएका व्यक्तिको लाश माथि उपमेयरले अनर्गल राजनीति गरेको आरोप पीडित परिवारले लगाएको छ ।
रौतहटको इशनाथ नगरपालिका वडा नम्वर ५ लक्ष्मिनिया गाउँका ४६ बर्षिय शुकदेव महतो गत जेठ ४ गते भिण्डी टिप्न बारीमा गएको वेला अचानक लडेर मुर्छित भएपछि हतारहतारमा गाउँकै जिपमा राखेर उपचारको लागि गौर ल्याउदै गर्दा जीप चालकलाई गाउँकै कसैले फोन गरेपछि गौर आउन मानेन । बाटोमै रोकेपछि बैंट्रीबाट चल्ने टेम्पुमा राखेर अस्पताल ल्याइयो तर चिकित्सकले ढिलो भयो उनको मृत्यु भईसकेको छ ।
हर्ट अटैक भएर महतोको मृत्यु भएको परिवारजनलाई बताएको मृतककी छोरी सुनिता देवीले बताईन । पिडित परिवारद्धारा विहिवार नेपाल पत्रकार महासंघ गौरमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै छोरी सुनिताले भनिन, उपमेयर प्रवेज आलमले जबरजस्ती घरमा झुण्डिएर मरेको भन्दै प्रहरीमा खवर गरिदियो उनले भनिन । घरका पुरुष व्यक्तिहरु बुवाको उपचार गराउन गौर आएका थिए ।
जयनगर सिमा प्रहरी चौकीका प्रहरी संगै उपमेयर प्रवेश घरमा आएर यहाँ झुण्डिएको, त्यहाँ झुण्डिएको, सचसच भन नत्र थुनामा पठाइदिन्छु भन्दै धाकधम्की दिन थालेपछि हामी महिलाहरु पनि संगठित भएर प्रतिकार गर्दा उनी त्यहाँबाट भागेको संचारकर्मी संग बताइन ।
यतिमात्रै नभइ कहिकतै सिप नलागेपछि आफूलाई संचारकर्मी भनाउने एमडी मोजिबुल्लाहले समाजिक संजालमा इशनाथ नगरपालिका वाड नम्वर ५ मा एक युवकले फासो लगाई जान गुमाएको छ युवकको घर परिवारले फासो कोरसी काटी भागिरहेको अवस्थामा प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको अनर्गल स्टाटस राखेपछि हामीहरु थप पिडामा परेका छौं । जबकी स्थानीयहरुले देखे भिण्डी टिप्ने क्रममा हर्ट अटैक हुँदा बारीमा लडेकालाई उपचार गराउन सम्पूर्ण सदस्यहरु गौर गएको थियो ।
यस्ता भ्रामक स्टाटस लेखेर भ्रम सृजना गर्ने, सामाजिक द्धन्द खडा गर्ने, सरस्वती पुजाको वेलामा गरिने व्यवहार अहिले आएर लाश माथि राजनीति गर्ने एमडी मोजिबुल्लाह, उपमेयर प्रवेज आलम सहितका व्यक्तिहरु विरुद्ध कडा भन्दा कडा कारवाही सम्बन्धीत निकायले गर्नुपर्ने अन्यथा हामी बाध्य भएर सडक संघर्षमा उत्रिन बाध्य हुने मृतकको भतिजी अनिता देवीले चेतावनी दिइन ।