नेपालमै पहिलो पटक भरत तालमा जेट बोट संचालनमा ल्याउने तयारी

   ९ असार २०७८, बुधबार १६:३०  

तराई टप संवाददाता
रौतहट, ९ असार । रौतहट र सर्लाहीको सिमानामा पर्ने वागमती नगरपालिका स्थित नेपालकै सवैभन्दा ठूलो मानव निर्मित वागमती तालमा पर्यटकहरुलाई आकर्षित पार्नका निमित्त जेट बोट संचालनमा ल्याउने तयारी भईरहेको छ ।
वागमती नदी पारी सर्लाहीको वागमती नगरपालिका अन्तर्गत वागमती नदी किनारमा मानव निर्मित बनाइएको १२१ विगहाको तालमा विहिबारबाट जेट बोट सञ्चालनमा आउने बागमती ईन्टरटेनमेन्ट प्रालीका अध्यक्ष गौतम खड्काले बताए ।
पुर्ब पश्चिम राजमागको कर्मैयाबाट करिव ३ किलोमिटर दक्षिण तर्फ रहेको सो मानव निर्मित तालमा नेपालमा नै पहिलो ३५ सिट भएको जेटबोट सञ्चालनमा आउने भएको खड्काले जानकारी दिए । सो तालमा प्रदेश नम्बर २ का बिभिन्न स्थानबाट दैनिक हजारौं पर्यटकहरु आउने गरेको बताईएको छ ।
बागमती नगरपालिकाका नगर प्रमुख भरत थापाको बिशेष पहलमा निर्माण गरिएको सो तालकोे कुल गहिराई ३५ फिट र सो ताल एक सय २१ बिगाहा क्षेत्रफलमा निर्माण गरिएको नगर प्रमुख थापाले बताए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै