इमरान खानलाई पाकिस्तान बाहिर जान प्रतिबन्ध

82 Shares

इशलामाबाद, एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई देशबाहिर जान प्रतिबन्ध लगाइएको छ।
खान र उनकी पत्नी बुशरा बीबीलाई सरकारले ‘नो फ्लाई लिस्ट’ मा राखेको हो ।
अदालतमा मुद्दा चलिरहेको समयमा फरार हुन सक्ने शंका गर्दै रोक लगाइएको छ ।
गत मे ९ मा प्रहरीले खानलाई पक्राउ गरेपछि भड्किएको हिंसामा झण्डै एक दर्जनको मृत्यु भइसकेको छ ।
उनीविरुद्ध झण्डै १४० मुद्दा दर्ता भएका छन् ।

सम्बन्धित समाचार