किर्ते हस्ताक्षरमा नगरप्रमुख र हाकिमले फसाएको सहनी परिवारको गम्भीर आरोप

   १२ जेष्ठ २०८०, शुक्रबार २१:२३  

रौतहट, १२ जेठ । गरुडा नगरपालिकामा करार मा कार्यरत कर्मचारी रामनारायण सहनीलाई नगरप्रमुख देखि लिएर कार्यालय प्रमुखले षड्यन्त्र गरेर किर्तेमा फसाएको आरोप परिवारजले लगाएको छ ।
कार्यालय प्रमुखको किर्ते हस्ताक्षर गरेको आरोपमा पक्राउ परेका करारका कर्मचारी रामनारायण सहनीलाई ८ गते प्रहरीले नियन्त्रणमा लिएपछि निजका श्रीमती सहित परिवाजनले नेपाल पत्रकार महासंघ रौतहट शाखा गौरमा पत्रकार सम्मेलन गर्दै नगरप्रमुख कन्थमुनी प्रसाद कलवार र कार्यालय प्रमुख भुदेव झा सहितका कर्मचारीहरुले षड्यन्त्र गरेर फसाएको गम्भीर आरोप लगाए ।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पक्राउ परेका कर्मचारीको श्रीमती लालबती देवीले गत कार्तिक महिनामा छठ पुजाको समयमा मेयर कलवारले आफनो श्रीमान् मार्फत ५ लाख पेश्की नगरपालिकाबाट निकाल्न लगाएर मेयर श्रीमती गिता देवी जयसवाललाई दिन लगाएकोको थियो । उक्त पेश्की फर्छयौट गर्न पटक पटक ताकेता गर्दा गरिदिन्छु, कार्यालय प्रमुख भुदेव झालाई भन्दा उनले आफूलाई १० प्रतिशत रकम दिएमा मात्रै फर्छयौट गर्ने भनेपछि मेरो श्रीमान फायल उनकै टेबलमा छाडेर गए । मेरो श्रीमानले त्यसमा कुनै सहि नगरेपनि कार्यालय प्रमुखको किर्ते हस्ताक्षरमा फसाएर प्रहरी नियन्त्रणमा फसाएको लालबतीले गम्भीर आरोप गरुडा नगरपालिका माथि लगाइन ।
यसबारे गरुडा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भुदेव झाले मेरो हस्ताक्षर किर्ते गरेको गोरवारा भाउचर पेश गरेको हुँदा प्रहरीलाई छानविन गर्न पत्राचार गरेपछि रामनारायण सहनीलाई प्रहरीले अनुसन्धान गरिरहेको बताउदै मैले कुनै रकम माग नगरेको प्रष्ट पारे ।
गरुडा नगरपालिकाको मेयर कन्थमुनी प्रसाद कलवारले हाकीमको हस्ताक्षर किर्ते गरेकोमा प्रहरी नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको र आफूले पेश्की निकाल्न नभनेको बताए ।
इलाका प्रहरी गरुडाले किर्ते मुद्दामा ँम्याद थप गरेर अनुसन्धान भईरहेको जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै