विकास विरोधीहरुलाई काउण्टर दिदै विकास पक्षधरहरुद्धारा मौलापुरमा प्रदर्शन

   ९ असार २०७८, बुधबार १६:५१  

रौतहट, ९ असार । विकास हुनु पर्छ, विकास गर्नेलाई बाधा उत्पन्न गर्न नदिन विकास पक्षधरहरु बुधवार मौलापुर नगरपालिकामा जुलुश प्रदर्शन गरेका छन् ।
विकास विरोधी तत्वहरु तथा विकास भएको देखेर प्रतिक्रियावादीहरुको षडयन्त्र बढेपछि त्यसको प्रतिकारमा मौलापुरमा सयौंको संख्यामा स्थानीयबासी सडकमा उत्रिएर खबरदारी गरेका हुन् ।
पुर्व मन्त्री साह एवं क्षेत्र नम्वर ३ बाट जितेका साँसद प्रभु साहले कुनै पनि बहानामा विकास रोक्न पाइदैन भन्ने संदेशका साथ मौलापुरमा भएको जनप्रदर्शनले विकास प्रति जनतालाई पुनः जागृत बनाएकोे बताए । पुर्वमन्त्री साहले विकासप्रेमी आम जनता एकताबद्ध भएर बिकास बिरोधीहरु को खवरदारी गर्न समेत आग्रह गरेका छन ।
हिजो मात्रै नेपाली काग्रेस, माओवादी केन्द्र, जसपा उपेन्द्र यादव पक्षका नेता कार्यकर्ताहरुले मौलापुरमा पुर्वमन्त्री साह र मौलापुर नगरपालिकाको मेयर रिना साह विरुद्ध आर्थिक अनियमितताको आरोप लगाउदै प्रर्दशन गरेका थिए । सोही विरोधको दवाव स्वरुप मेयर साहको समर्थकहरुले मौलापुरमा विकास विरोधी विरुद्ध नाराबाजी गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै