प्रेमचन्द्र झा
रौतहट, १२ जेठ । मलेसियामा बस्ने नेपालीहरुले पठाएको रकम पिडित परिवारलाई एक कार्यक्रम बिच हस्तान्तरण गरिएको छ ।
सो रकम मृतकका माता पिता माधो राम, मिना देवी रामलाई नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष कार्यक्रमका प्रमुख अतिथि प्रेमचन्द्र झाले हस्तान्तरण गर्नु भएको हो ।
यमुनामाई गाउपालिका वडा नम्बर ४का २२ बर्षिय नरेस राम ४ वर्ष पहिले मलेसिया गएका थिए । मलेसियामा २०७९ ÷१२÷१५ मृत्युु भएको थियो ।
मृतक परिवारलाई जीवन यापनका लागि मलेसियामा बस्ने नेपालीहरुले चन्दा संकलन गरी
११ लाख ४५ हजार ८ सय ८० रुपैयाँ जिएस समाजसेवा युवा कल्व मलेसिया मार्फत सहयोग रकम पठाएका
छन ।
रकम हस्तान्तरण कार्यक्रमा वडा अध्यक्ष अश्विनी कुमार यादवले सहयोगी दाताहरुलाई धन्यवाद दिनु भयो ।
सहयोग पठाउने आयोजक संस्थाका उपाध्यक्ष विजय जयसवालको अध्यक्षतामा भएको सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाका सदस्यहरु मिथुन विराजि यादव , दिनेस जयसवाल र भुवन कार्की, नेपाल पत्रकार महासंघका प्रदेश सदस्य शैलेन्द्र झा ,सहितका पत्रकार स्थानीय भद्रभलामीको उपस्थिति रहेको थियो ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट