नगरअधिवेशनको विषयलाई लिएर रौतहटको मौलापृुरमा दोहोरो झड्प, तिन दर्जन भन्दा बढी टियर ग्यास र हवाई फायर

805 Shares

तराई टप संवाददाता
रौतहट, १० असार । रौतहटको मौलापुर नगरपालिकाको नगर अधिवेशनको विषयलाई सत्ता पक्ष र प्रतिपक्ष विच दोहोरो झड्प भएको छ ।
मौलापुर नगरपालिकामा व्यापक आर्थिक अनियमितता भएको आरोप लगाउदै चार पार्टीको कार्यकर्ताद्धारा निर्धारित नगरअधिवेशनलाई विथोल्न खोज्दा प्रतिपक्ष र सत्ता पक्ष विच झड्प भएको हो । दुवै पक्ष विच भएको झड्पलाई नियन्त्रणमा लिन प्रहरीले २३ राउण्ड टियस ग्यास र १४ राउण्ड गोली हवाई फायर गरेर स्थितिलाई नियन्त्रणमा लिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
नेकपा माओवादी केन्द्र, जसपा उपेन्द्र यादव समुह, नेकपा एमाले माधवनेपाल समुह, नेपाली काँग्रेस सहित चार पार्टीद्धारा मौलापुर नगरपालिकामा व्यापक आर्थिक अनियमितता गरी नगरपालिकाको जनतालाई विकासबाट विमुख पारेको भन्दै उक्त दलद्धारा नगरपालिकाको कार्यालय सहित जिल्ला प्रशासन कार्यालय रौतहटमा ज्ञापन पत्र बुझाएका थिए । आर्थिक अनियमितताको छानविन नभए सम्म नगर अधिवेशन नगर्न भनिएपनि आज गर्न लागिएको नगरअधिवेशनलाई लक्ष्ति गर्दै नगरपालिकामा विरोध प्रदर्शनमा उत्रिदा चार दल र प्रभु साह समर्थक विच दोहोरो झड्प हुदा झण्डै चार घण्टा सम्म मौलापुर बजार तनावग्रस्त बनेका थिए ।
एकातिर झड्प भइरहदा अर्को तर्फ नगरअधिवेशन शान्तिपूर्ण भईरहदा जनताहरु रमिते बनेर राजनितिक दलहरु विचको कटुतता हेरेर चित्त बुझाएको थियो । नगरअधिवेशनमा मौलापुरको मेयर रिनाकुमारी साहले पुंजिगत र चालु तर्फ गरी ३६ करोडको आय व्यय प्रस्तुत गर्दा कतिपय जनता र प्रहरी झड्पमा परी घाईते भएको बताइएको छ ।
दोहोरो झड्पमा परेर नेपाल प्रहरीको ५, सशस्त्र प्रहरीको ४ र दुर्व तर्फ गरी १० जना गरी १९ जना घाइते भएको जानकारी दिदै प्रमुृख जिल्ला अधिकारी इन्द्रदेव यादवले सामान्य घाईते भएकाहरु स्थानीय स्वास्थ्य केन्द्रमा उपचार गराईरहेको छ भने सुरक्षाकर्मीहरुको जिल्ला अस्पताल गौरमा उपचार गरिएको बताए । विपक्षी चार राजनितिक दल र प्रभु साह समर्थकहरुलाई निकै संयमित हुन आग्रह गर्दा गर्दै प्रहरी नै घाईते हुन थालेको तथा भिड उग्र हुन थाल्दा बाध्य भएर बल प्रयोग गर्नु परेको उनले भने ।


प्रहरीले आत्मरक्षाको लागि २३ राउण्ड टियरग्यास, १४ राउण्ड गोली हवाई फायर गरेर तनावपूर्ण अवस्थालाई नियन्त्रणमा लिदै अराजकहरुलाई प्रहरीले खोजतलास गर्दै आवश्यक अनुसन्धान गरिरहेको प्रजिअ यादवले बताए । कानुनी राज्यलाई चुनौती दिदै गुण्डागर्दी गर्न कसैलाई छुट नभएको हुँदा दोषि जुन पक्ष भएमा कानुन बमोजिम कारवाही गर्ने चेतावनी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।