वडाअध्यक्ष पालको कर्तुत सार्वजनिक, एक महिला संग यौन सम्पर्क गर्न प्रस्ताव

92 Shares

रौतहट, १४ जेठ । रौतहटको बृन्दावन नगरपालिका वडा नं.७ का वडाअध्यक्ष मदन पालले गाउँकै एक एकल महिलालाई पटक–पटक यौंन सम्पर्क राख्न प्रस्ताव गर्दै आएको गम्भीर आरोप लागेका छन् ।
वडा अध्यक्ष पालकै छिमेकी एक महिलाले यस्तो आरोप लगाएकी हुन । वडाअध्यक्ष पालले साना किसान कृषि सहकारी संस्थाबाट निकालेको ऋण र प्रहरीमा परेको मुद्दा मिलाइ दिन्छु भन्दै धमैराकी एकल महिलाई यौंन प्रस्ताव गर्ने गरेको ती महिलाले आरोप लगाएकी छिन् ।
६ वर्ष पहिला साना किसान कृषि सहकारी संस्था धमैराबाट घर परिवार चलाउन श्रीमानले ३ लाख रुपैयाँ कर्जा लिएका थिए । धमैरामा १३ धुर जग्गामा घर बनाएर बसोबास गर्दै आएको जग्गा साना किसान कृषि सहकारी संस्था धमैलामा राखेर ऋण लिएको पाँच वर्षपछि श्रीमानको मृत्यु भएको थियो ।
सो पैसाको ब्याज र सावा सहित अहिले पाँच लाख पुगेको छ । त्यो बेला पालले नै साना किसानबाट ऋण निकाल्न सहयोग गरेका थिए । अन्दाजी ३५ वर्षकी ती महिला पत्रकारहरु सँग कुराकानी गर्दै गाउँको जेठाजु समेत पर्ने वडाअध्यक्ष पाल ऋण मिनाहा गराई दिने र मुद्दा मलाई दिने भन्दै रातीको ११, १२ बजेतिर गाउँ नजिकै रहेको पुल तथा खेत तिर बोलाउने गरेको आरोप लगाएकी छन् ।
६५ वर्ष उमेर रहेका वडाअध्यक्ष पालले आफुले भनेको ठाउ आँउदा ऋणनै माफ गराइदिने कुरा गर्ने गरेको महिलाको आरोप रहेको छ । पालले बोलाएको ठाउमा न गएमा विभिन्न बहाना बनाएर धम्की समेत दिने गरेको ती महिलाले बताईन ।
वडाअध्यक्ष पाललेनै गाउँकी एक छिमेकीको सँग समान्य वादबिवाद हुँदा छिमेकीको बुहारी पर्नेको गर्भपतन भएको भन्दै प्रहरीमा उजुरी दिन लगाएर ७ लाख विगो दावी गरेका थिए । सो समय आफुलाई थुनामा समेत राखेपछि नातामा नाति पर्नेले ९० हजार धरौटीमा छुटाएर ल्याए पनि वडाअध्यक्ष पालले झुक्याएर आफु र श्रीमान सँग पनि ३ लाखको कपाली तमसुक कागज समेत बनाएको महिलाले आरोप लगाईन् ।
जसो तसो श्रम गरेर चार जना बाल बच्चा पालिरहेकी ती महिलालाई वडा अध्यक्ष पालले यतिबेला घर खाली गर्न समेत दवाव दिने गरेको आरोप लगाएकी छिन् । गत स्थानिय तह निर्वाचनमा नेकपा एसबाट निर्वाचित वडाअध्यक्ष पालले राती डर लगेमा दिनको समयमा चन्द्रनिगहपुरको होटलमा जान समेत प्रस्ताव गर्ने गरेको आरोप ती महिलाले लगाएकी छन् । आफु सँग यौन सम्बन्ध नराखेमा बलात्कार समेत गरेर मर्ने धम्की दिने गरेको महिलाको आरोप छ ।
तर, यस विषयमा वडाअध्यक्ष पालसँग बुझ्दा यो आरोप गलत रहेको बताएका छन् । उनले आफु कुनै बेला ती महिलालाई फोन समेत नगरेको दावी गरेका छन् । वडाअध्यक्ष पालले भने, यो कसैले षडयन्त्र गरेर आफुलाई फसाउने प्रयास गरेको बताएका छन् । आफु ती महिला सँग कहिलै नबोल्ने र फोन समेत नगरेको दावी गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।