मालबारमा भारत र अष्ट्रेलिया विच सैन्य संयुक्त अभ्यास हुने

87 Shares

नयाँ दिल्ली- मालबारमा दुई महिना पछि हुने सैन्य अभ्यासमा भारतीय नौ सेना र अष्ट्रेलियन नौ सेनाले संयुक्त रुपमा युद्धभ्यास गर्ने भएको छ ।

चारपक्षीय सुरक्षा समूह क्वाडका नौसेनाले यही वर्ष आयोजना हुने नौसैनिक अभ्यासमा सहभागिता जनाउने भएका छन् ।

यही वर्षको अगस्ट महिनामा अष्ट्रेलियामा आयोजना हुने मलाबार नौसैनिक अभ्यासमा क्वाडका नौसेनाको सहभागिता रहने भारतीय नौसेनाले जानकारी दिएको छ ।

भारतीय समाचार संस्था एएनआईले जनाएअनुसार यस अभ्यासमा भारत र अष्ट्रेलियासहित जापान र अमेरिकी नौसेनाले पनि सहभागिता जनाउनेछन् ।

अगस्ट ११ देखि २१ सम्म सञ्चालन हुने अभ्यासमा नौसैनिक योजना, समायोजन तथा अत्याधुनिक युद्ध रणनीतिबारे प्रशिक्षण हुने जनाइएको छ ।

गत वर्ष पनि यी चार मुलुकले जापानमा नौसैनिक अभ्यास गरेका थिए । क्वाडमा सम्मिलित ४ मुलुकले मलाबार नौसैनिक अभ्यासमा सहभागिता जनाउन लागेको यो लगातार चौथो पटक हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार