बाँके, १५ जेठ । टिकापुर घटनाको मुुख्य योजनाकारको रुपमा मानिएका रेशम चौधरीलाई आम माफी दिएर कारागारबाट रिहा भएपछि टीकापुर घटनामा अनुसन्धान गर्न उच्चस्तरीय छानविन आयोग गठन गर्नुपर्ने बताए ।
सोमबार नेपालगन्ज विमानस्थलमा सञ्चारकर्मी सँग कुरा गर्दै चौधरीले टीकापुर घटना दुर्भाग्यपूर्ण घटना भएकाले यसलाई सामान्य घटनाको रुपमा लिन नहुने भन्दै उच्चस्तरीय छानविन आयोग गठन गरेर प्रतिवेदन सार्वजनिक गर्नुपर्ने बताएका हुन् । यसका लागि धरातलमा गएर नागरिकसंग बुझेर घटनाका बारेमा विस्तृत जानकारी लिनुपर्ने उनको भनाइ छ ।
उनले टीकापुर घटनामा कथा एउटा, पटकथा अर्को र फिल्म फरक देखाइएको टिप्पणी गरे । त्यही फिल्मको रणभुल्लमा जनता परेपनि वास्तविकता भने फरक रहेको उनले बताए । चौधरीले टीकापुर घटनाको वास्तविकतालाई छिटै बाहिर ल्याउनका लागि आफूले पनि केही पहलकदमी लिने जिकिर गरे । उनले आम माफी पाएर आफू रिहा भएपनि आफूहरू हार्यो कि जित्यौ भन्ने कुराको अनुभूत जनतामाझ गराउनुपर्ने धारणा राखे । चौधरीले टीकापुर घटनालाई कस्तो रूप दिने भन्ने कुरा राज्यले नै निर्क्यौल गर्नुपर्ने जिकिर गरे ।
उनले टीकापुर घटनालाई राजबन्दीहरूलाई आफूजस्तै छिटो रिहा गर्न प्रधानमन्त्रीलाई अनुरोध गरेको जानकारी दिए । चौधरीलाई उनका समर्थकले नेपालगंजमा भव्य स्वागत गरेका थिए ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट