नेपाली सिमा मिच्दै चिनियाँ, मौन छ सरकार

   १९ जेष्ठ २०८०, शुक्रबार १०:००  

चीनको विस्तारबादी नीतिको सिकार नेपाल बेला बेला बन्नु परेको छ ।
चिनले पटक पटक नेपाली सेमा मिचेर अतिक्रम गरेर भौतिक संरचना तयार पारेर नेपालको सार्वभौमसत्ता र अखण्डता माथि आक्रमण गरेपनि नेपाल सरकार बोल्न सकेको छैनन् ।
उत्तरी छिमेकी मुलुक चीनसँग नेपालको १ हजार ४ सय ३९ दशमलव १८ किलोमिटर लामो सीमा सम्वन्ध छ। नेपाल–चीनको सिमानामा (चीन–भारत–नेपालको त्रिदेशीय विन्दुबाहेक) ७९ वटा सीमास्तम्भ छन्।

नेपालको पश्चिमको लिपुधुरा भञ्ज्याङ्गमा स्थापित सीमास्तम्भ नम्बर १ देखि पूर्वको टिप्ताला भञ्ज्याङ्गमा रहेको सीमास्तम्भ नम्बर ७९ सम्म नेपालका १५ वटा जिल्लाको सिमाना चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको छ ।जसमध्ये राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम–कोरला सडकको उत्तरी अन्तिम विन्दु २४ नम्बर पिल्लर चीन र नेपालको सयुक्त ट्रान्जिट प्वाईन्ट हो। सीमा क्षेत्रमा वेला वेला चीनले हस्तक्षेप गर्ने गरेको छ, जसका कारण सीमामा विवाद र समस्याहरु पनि आउने गरेका छन्। केही समयअघि हुम्लामा भएको सीमा विवादका कारण निकै खैलावैला भएको थियो। अहिले मुस्ताङमा पनि स्तम्भ सारेर सीमा मिचिएको छ।

मुस्तामा १८ नम्बरदेखि ३३ नं. सीमासम्म जम्मा १६ ओटा सीमास्तम्भ छन्। जसको दुरी १३८ किलोमिटर छ। सीमा स्तम्भमा नेपालतर्फबाट सहज पहुँच छैन। भीरपाखा र अनकन्टार पहाडका कारण हरेक स्तम्भमा पुग्न गाह्रो छ।

स्थानीय नागरिक अगुवाहरुका अनुसार अहिले पनि ३३ नम्बर सीमा स्तम्भको पहिचान हुन सकेको छैन। मुस्ताङको सीमामा पर्ने १६ मध्ये ३३ नम्बर सीमास्तम्भको स्थान कहाँ छ र कस्तो अवस्थामा छ भन्ने तथ्य कसैसँग नभएको नाम नवाउने एक स्थानीयले वताए।
३३ नं. सीमा स्तम्भ रहेको क्षेत्र भौगोलिक रुपमा निकै विकट छ। जुन सीमा स्तम्भ मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको पूर्वतर्फ रहेको र त्यहाँ पुग्न हप्तौ पैदल यात्रा गर्नुपर्ने सुरक्षा स्रोत वताउँछ। यसैको फाईदा उठाएर ३३ नंवर स्तम्भ चीनियाँ सेनाले वेपत्ता पारिसकेको आरोप स्थानीयको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै