चिनियाँ जालमा फसे नेपाल, विमानस्थल निर्माणबाट नेपाल ऋणको पासोमा

   १९ जेष्ठ २०८०, शुक्रबार १०:३७  

चिनियाँ ऋणबाट तयार पारिएका विमानस्थलमा विमनन अवतरण गर्न छाडेपछि नेपाललाई ठूलो आर्थिक व्ययभार बेहोर्नु पर्ने अवस्थामा पुगेको छ ।
चिनियाँ ऋणको पासोमा षडयन्त्र पूर्वक नेपाललाई फसाएर आर्थिक प्रभावमा पार्ने सफल भएको विज्ञहरु बताउँछन् ।
दैनिक हजारौं यात्रु आवतजावत गर्ने मुलुकको पहिलो विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हो। पछिल्ला वर्षमा हवाई यात्रुको चाप बढेसँगै विमानस्थल पनि साँघुरो हुँदैछ। विमानस्थमा दुवैतर्फ गरी दैनिक ५०० हाराहारी जहाजको ओहरदोहर हुने गरेको छ। जहाजको चापका कारण देशमा वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलको माग बढ्यो। धमाधम अन्तर्राष्ट्रिय विमानस्थल बन्न थाले। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भई उडानसमेत सुरु भइसकेको छ। पोखराबाट आन्तरिक उडानमात्र भइरहेको छ। निजगढ अन्तर्राष्ट्रिय बिमानस्थल निर्माण प्रक्रियामा छ।

देशको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रिय उडान भर्ने जहाजहरूका लागि विकल्प अवतरण स्थल भनिएको थियो। तर, विमानस्थल सुरु भएको एक वर्षमा कुनै पनि अन्तर्राष्ट्रिय जहाज डाइभर्ट गरेर गौतमबुद्धमा अवतरण गरेनन्। उनीहरूको रोजाइ भारत नै पर्‍यो। यसबीच अन्तर्राष्ट्रिय उडान सुरु गरेका हवाई कम्पनीहरूले पनि थप उडान गर्न चासो दिएका छैनन्। गौतमबुद्ध विमानस्थललाई सञ्चालनमा ल्याउन सेवाशुल्क र ग्राउन्ड ह्यान्डलिङमा छुटलगायत बाध्यकारी नियम बनाए पनि अन्तर्राष्ट्रिय उडान भने खासै हुन सकेको छैन। भौतिक संरचनामा करिब ८ अर्ब र मुआब्जा वितरणमा करिब २७ अर्ब रुपैयाँ खर्च गरेर निर्माण भएको अन्तर्राष्ट्रिय विमानस्थल जहाज उडानको चापले व्यस्त हुनुपर्ने हो।

वर्ष बित्दा पनि विमानस्थलले नियमित अन्तर्राष्ट्रिय उडानहरू गर्न किन सकेन ? गम्भीर प्रश्न खडा भएको छ। बितेको वर्ष एकमात्र नियमित व्यावसायिक उडान गर्दै आएको जजिरा एयरले पनि नियमित उडान बन्द गर्नु दुःखद् कुरा हो। बितेको वर्ष ३ सय ५९ उडान तथा अवतरण भएको छ। यसबाट जम्मा ६ करोड १९ लाख रुपैयाँको आम्दानी उक्त अन्तर्राष्ट्रिय विमानस्थललाई भएको छ। अन्तर्राष्ट्रिय विमानस्थलले सञ्चालन खर्च धान्न कम्तीमा ६० करोड रुपैयाँ वार्षिक आम्दानी गर्नुपर्ने हुन्छ। उसो त पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आँकडा झन् कमजोर छ। व्यावसायिक उडान र आर्थिक पाटाको अध्ययन गरेरमात्र अन्तर्राष्ट्रिय विमानस्थल खोल्नुपर्ने देखिएको छ। जे भयो भयो, अब यसबाट आर्थिक लाभ प्राप्त हुने कामका लागि योजना बनाउनै पर्छ। अन्यथा श्रीलंकाले बन्दरगाह निर्माण गर्दा लिएको ऋणको बोझजस्तै नेपालले अन्तर्राष्ट्रिय विमानस्थलहरू बनाएको ऋणको बोझले उठ्नै नसक्ने गरी थलिन सक्छ।अन्न

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै